काठमाडौं, २ चैत : त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सरेको छ । विद्यार्थी भर्नालगायत विद्यार्थी संगठनहरूको विवादका कारण निर्वाचन तालिका प्रभावित भएपछि क्याम्पसले चैत ९ गते चुनावका लागि चुनावको नयाँ मिति सार्वजनिक गरेको छ ।
कार्यतालिकाअनुसार मतदाता नामावली चैत ३ गते प्रकाशन हुनेछ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ ।
नेपाल बिद्यार्थी संघ निकट बिद्यार्थी नेता तथा स्वबियू सभापतिका प्रवल दाबेदार बिबेक बानियाका अनुसार अब निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन हुने माहोल सृजना भएको छ ।