काठमाडौं – फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभ-मुहूर्त गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्ने यस फिल्मको शुभ-मुहूर्त शुक्रबार पशुपतिनाथ मन्दिरमा गरिएको हो ।
पशुपतिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको शुभ-मुहूर्त गरिएको हो । छायांकन आउँदो चैत १० गतेबाट शुरु गरिने भएको छ ।
खगेन्द्र लामिछानेले लेखेको यस फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर लगायतका कलाकारको अभिनय रहनेछ ।