उपराष्ट्रपति रामसहायप्रसाद यादवले ंराष्ट्रिय एकतालाई मजबुद र प्रवद्र्धन गर्न इमान्दारितापूर्वक आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।
उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले भने, “मुलुक समृद्धरुपमा अगाडि बढोस्, शान्तिप्रक्रिया निष्कर्षमा पुग्न बाँकी छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि पनि मेरोतर्फबाट हुने प्रयास मैले इमान्दारिपूर्वक गर्नेछु ।”
उनी जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार थिए । उनले सङ्घीय संसद्तर्फ एक सय ८४ र प्रदेशतर्फ तीन सय २९ मत (कूल ३० हजार तीन सय २८ मतभार) प्राप्त गरेर निर्वाचित भएका थिए।