राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन-Sutra News

राप्रपा संसदीय दलको उपनेतामा बुद्धिमान तामाङ चयन

शनिबार, ४ चैत्र २०७९

शनिबार, ४ चैत्र २०७९

काठमाडौं, ४ चैत-राष्ट्रिय प्रजातन्त्र पार्टीको दलको उपनेतामा बुद्धिमान तामाङ चयन भएका छन् ।शनिबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले तामाङलाई उपनेता चयन गरेको हो ।



बैठकले पार्टीको संसदीय दलको विधान पनि टुंग्याएको छ । बैठकले कृषि मलमा कटौति गरेको अनुदानका विरुद्धमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत गरेको छ ।

बैकठपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बैठकले संसदीय दलको विधान पारित गरेको र विधान अनुसार संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई मनोनयन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट