काठमाडौँ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । बैठकले उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको पनिउनले बताए ।