अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई पक्राउ गर्ने तयारी, अभियोग के हो?-Sutra News

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई पक्राउ गर्ने तयारी, अभियोग के हो?

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मङ्गलवार पक्राउ गरिने अपेक्षा गरेको भन्दै आफ्ना समर्थकहरूलाई सामूहिक प्रदर्शन गर्न अनुरोध गरेका छन्।



तर उनका वकिलहरूले कानुन कार्यान्वयन गर्ने निकायबाट कुनै खबर नआएको जनाउँदै पूर्व राष्ट्रपतिको टिप्पणी सञ्चारमाध्यमका विवरणमा आधारित रहेको बताए।

अभियोजनकर्ताहरूले ट्रम्पलाई अभियोग लगाउने सम्भावनाबारे अध्ययन गरिरहेका छन्। खबरहरूमा त्यो यो सातामा हुनसक्ने जनाइएको छ।

यदि अभियोग लगाइएको खण्डमा त्यो अमेरिकाका पूर्व राष्ट्रपतिमाथि लागेको पहिलो फौजदारी मुद्दा हुनेछ।

र्व राष्ट्रपतिले पक्राउ पर्ने भविष्यवाणी गर्दै आम प्रदर्शनको लागि आग्रह गर्नु भनेको एउटा विगतमा कहिल्यै नभएको यात्राको सुरुवात गर्नु जस्तै हो।

ट्रम्पसँग प्रतिबद्ध समर्थकहरूको जमात छ र उनले निरन्तर प्रदर्शनका लागि अपिल गरेपछि सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद्‌मा भएको आक्रमणको जस्तै तनावपूर्ण अवस्था तुरुन्तै हिंसामा परिणत हुनसक्ने देखाएको छ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका रिपब्लिकन सभामुख केभिन मकार्थीले अनुसन्धानको आलोचना गर्दै त्यसलाई एक जना ‘उग्र’ जिल्ला न्यायाधिवक्ताकातर्फबाट ‘अपमानजनक ढङ्गले भएको शक्तिको दुरुपयोग’ भनेका छन्।

एउटा ट्विटमा उनले सङ्घीय बजेट राजनीतिक रूपमा पूर्वाग्रही भएर चुनावमा हस्तक्षेप गर्न प्रयोग गरिएको विषयमा अनुसन्धान गर्ने वाचा गरे। बीबीसी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट