प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने-Sutra News

प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने

आइतबार, ५ चैत्र २०७९

आइतबार, ५ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिने भएका छन् ।



संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।

प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए भने नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले भोलि विश्वासको मत लिन लागेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट