प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सोमबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यक्रम रहेको जानकारी दिए ।
प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका थिए भने नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।