काँग्रेसले चाहे आजै ढल्छ प्रचण्ड सरकार: त्यसपछि प्रधानमन्त्रीमा सिधै देउवाको हुन्छ नियुक्ति-Sutra News

काँग्रेसले चाहे आजै ढल्छ प्रचण्ड सरकार: त्यसपछि प्रधानमन्त्रीमा सिधै देउवाको हुन्छ नियुक्ति

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् ।



नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन । संविधान जारी भए पछि पहिलो पटक एकै कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेको यो पहिलो घटना हो ।

विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन, आइतवार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाए पछि दलको संख्या ११ पुगेको छ ।

नेपालको संविधानको भाग (७) को धारा ७६ को उपधारा २ बाट प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज विश्वासको मत लिन्छन् । काँग्रेसले मत दिएन भने आजै सरकार ढल्छ।

धारा २ बमोजिम नियुक्त भएका प्रचण्डले विश्वासको मत पाएनन् भने राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई पिएममा नियुक्ती गर्नुपर्छ। देउवा सबैभन्दा ठुला दलका नेता हुन।

फेरि देउवाले पनि विश्वासको मत पाएनन् भने संसद विघटन हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट