सुदुरपश्चिम प्रदेशमा अखिलको बर्चश्व, ३४ क्याम्पस मध्य १६ मा बिजयी-Sutra News

सुदुरपश्चिम प्रदेशमा अखिलको बर्चश्व, ३४ क्याम्पस मध्य १६ मा बिजयी

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

धनगढी, ५ चैत । नेकपा एमाले निकट अखिलले सुदूरपश्चिम प्रदेशमा आधा भन्दा बढी क्याम्पसमा जीत हासिल गरेको छ ।आइतवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएका ३४ क्याम्पस मध्ये अखिलले १६ क्याम्पसमा जीत हासिल गर्दै बर्चश्व कायम गरेकाे हाे ।



अखिलका महासचिव नरेश रोकायाका अनुसार सुदुरपश्चिममा अखिलले १६, नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले ८, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ७, नेत्रविक्रम चन्द नेतृत्वको अखिल क्रान्तिकारीले १ र क्याम्पसमा जीत हासिल गरेको हो ।

उनका अनुसार बुढी नन्दा क्याम्पस बाजुरामा मतगणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मतगणना जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट