काठमाडौं – अभिनेता पल शाह अब फेरि म्युजिक भिडियोमा कमव्याक गर्ने तयारी गरेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै छुटेका पल अहिले फिल्म र म्युजिक भिडियोमा देखिने तयारीमा छन् ।
पछिल्लो समय निर्देशक निर्माताको रोजाइमा परेका उनले आफ्नो पारिश्रमिक पनि बढाएको बताइएको छ । उनले फिल्ममा अभिनय गरे बापत ५० लाख र म्युजिक भिडियोमा अभिनय गरे ३ लाख लिने बताइएको छ ।
यसअघि केही कम पारिश्रमिक लिएका उनले जेल जिबन बिताएर फर्किएपछि पारिश्रमिक बढाएका हु्न् । उनी अब फिमेल भर्सन ‘तिमिलाई हेर्ने बानि पर्यो’बाट फेरि म्युजिक भिडियोमा देखिने तयारीमा छन् ।