तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश-Sutra News

तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९
Taliban fighters take control of Afghan presidential palace after the Afghan President Ashraf Ghani fled the country, in Kabul, Afghanistan, Sunday, Aug. 15, 2021. (AP Photo/Zabi Karimi)

अफगानिस्तान, ६ चैत । तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ ।



पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले सरकारी पदमा उच्च पदस्थ ब्यक्तिहरुको आफान्त र नातागोता रहेको सार्वजनिक गरे पछि तालिवान सरकारले सो आदेश जारी गरेको हो ।

तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएको जानकारी दिएका हुन । उनका अनुसार पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको छ ।

डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट