दलहरुको ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रीत गर्न हुँदैन – देउवा-Sutra News

दलहरुको ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रीत गर्न हुँदैन – देउवा

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रिय सरोकारका विषयमा सबैले साँझा धारणा निर्माण गर्न आवश्यक रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा देउवाले यस्तो बताएका हुज् ।



उनले महत्वपूर्ण तथा राष्ट्रिय सरोकारका विषयमा सत्ता पक्ष वा प्रतिपक्ष सबै राजनीतक दलहरुबीच सम्वाद, सहमति र सहकार्यको मार्ग अवलम्बन गर्न कांग्रेसको दृढ मत रहेको बताए ।

उनले मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएको हुदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नुपर्ने जिकिर गरे । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रीत हुन आवश्यक रहेको उनले बताए । उनले अव दलहरुको ध्यान राजनीतिक वाद विवाद र आरोप प्रत्यारोपमा मात्र केन्द्रीत गर्न नहुनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट