प्रचण्डले धोका दिएर बाटो मोडेकोले राप्रपाले सरकार छोडेको हो – अध्यक्ष लिङ्देन-Sutra News

प्रचण्डले धोका दिएर बाटो मोडेकोले राप्रपाले सरकार छोडेको हो – अध्यक्ष लिङ्देन

सोमबार, ६ चैत्र २०७९

सोमबार, ६ चैत्र २०७९

काठमाडौँ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै जानकारी नै नदिई निर्णय गरेकोले सरकार छोडेर बाहिरिनुपरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतमाथिको प्रस्तावको छलफलमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



उनले प्रधानमन्त्री प्रचण्डले धोका दिएर बाटो मोडेकोले आफ्नो पार्टीले उच्च नैतिकता देखाउँदै सरकार छोडेर बाहिरिनुपरेको बताए ।उनले प्रधानमन्त्री प्रचण्ड दुई महिनामा दुईपटक विश्वासको मत प्राप्त गर्ने भाग्यमानी भएपनि फेरि वैशाख महिनामा विश्वासको मत लिने अवस्था नआउला भन्न नसकिने बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा कुनै छलफल नै नगरी निर्णय गरेपछि सरकार छोड्नुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री दाहालले नै विश्वास तोडेर धोका दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट