ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ – राष्ट्रपति पौडेल-Sutra News

ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ – राष्ट्रपति पौडेल

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने बताएका छन् ।



राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।उनले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो पदमा निर्वाचित भएकामा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिउ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट