काठमाडौं – सरकारमा जानेबारे सल्लाह गर्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक अहिले बसिरहेको छ । पार्टी मुख्यालय आलोकनगरमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बिषयमा छलफल भइरहेको छ ।
एसले सोमबार मात्र प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । बैठकमा अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्र प्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, लगायतका नेताहरुको सहभागीता रहेको छ ।