काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेससहितका दलसँग वार्ता शुरु गरेको बताएका छन् ।
मंगलबार पालुङटार नगरपालिका–२ विमिरेमा सडकको शिलान्यासको क्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट पुनर्गठन गर्ने विषयमा छलफल सुरु भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत प्राप्त गरेका थिए । उनले आइतबारबाट फेरि राजनीतिक वातावरण वनेको र लय पक्रिएको बताए । उनले भने – ‘सदनमा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ ।’