सरकारमा जानुअघि पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्छ – नेता महर-Sutra News

सरकारमा जानुअघि पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्छ – नेता महर

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सरकारमा पार्टीको उपस्थिति नयाँ र सशक्त ढंगबाट हुनुपर्ने बताउका छन् । मंगल बारनेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३औं स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनुअघि कांग्रेसले पार्टीभित्र छलफल गरी न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने बताए । उनले भने – ‘सरकारमा सहभागी हुनु ठूलो कुरा होइन, सहभागी हुनुभन्दा पहिले गठवन्धनका दलबीच छलफल गरी न्यूनतम साझा कार्यक्रम बनाउनु पर्छ। ‘

मुलुकको आर्थिक अवस्था सङ्कटोनुमुख हुँदै गएको भन्दै उनले उक्त समस्या समाधान गर्ने गरी न्यूनतम साझा कार्यक्रममा बनाइनुपर्ने बताए । देश र जनताले भोगिरहेका समस्यालाई सम्बोधन हुने गरी कांग्रेसले नीति तथा कार्यक्रमको खाका तयार गरी गठबन्धनमा आबद्ध दलमाझ लैजानुपर्ने उनको भनाई छ ।

चुनावअघिको गठबन्धन फेरि बनेको भन्दै उनले आफ्नो पार्टीप्रति जनताको ठूलो आशा रहेको पनि बताए । उनले भने“जनतालाई लोकतन्त्रप्रति विश्वास दिलाउन मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेस जिम्मेवार बन्नुपर्छ । रणनीतिका साथ योजनाबद्ध रूपमा काम गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट