सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोकिन्छ – मुख्यमन्त्री कार्की-Sutra News

सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोकिन्छ – मुख्यमन्त्री कार्की

मंगलबार, ७ चैत्र २०७९

मंगलबार, ७ चैत्र २०७९

काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले गर्वको अनुभूति गर्ने बताउका छन् ।



मंगलबार भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको शिलन्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताए ।

उनले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताए। सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने भन्दै उनले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट