काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमै उनले दोस्रो पटक संसदबाट विश्वासको मत लिन थालेका हुन् ।
उनले आफूले विश्वासको मत लिनका लागि सभामा प्रस्ताव पेश गरिसकेका छन् । विश्वासको मत सम्बन्धी प्रस्ताव बुधबार दिउँसो ३ बजे बस्ने बैठकमा टेबल हुने बताइएको छ ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।