उपचुनावका लागि आजदेखि दल दर्ता गर्न सकिने-Sutra News

उपचुनावका लागि आजदेखि दल दर्ता गर्न सकिने

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न सकिने भएको छ ।



चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपचुनावमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनाव प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट