आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने-Sutra News

आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९
सुरेश चन्द्र रिजाल

काठमाडाै‌ं, ८ चैत । ज्योतिषीय गणनाकाआधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिदेखि नयाँ संवत्सर प्रारम्भ हुने गर्छ । यसवर्ष  चैत ८ गते बुधबारदेखि पिंङ्गल नामक संवत्सर प्रारम्भ भएको छ । बुधबारदेखि नयाँ संवत्सर प्रारम्भ भएकाले यसवर्ष बुध ग्रह राजाकाे भूमिकामा वर्षभरि रहने शास्त्रीय नियम रहेकाे छ ।



‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट सुरुवात गरेको विभिन्न  पुराणहरुमा व्याख्या गरिएको छ । आजैदेखि चैत्र नवरात्र पनि प्रारम्भ भएकाे छ । देवीकाे उपाशाना तथा नाै दिनसम्म भगवतीकाे पूजा गर्नाले सुख,शान्ति तथा सम्पूर्ण मनाेकामना पुराहुने मार्कण्य पुराणमा व्याख्या गरिएको छ ।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर २०८० भरि रहनेछ । नयाँ सम्वत्सरकाे फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आमनागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ। वर्षामा एकरुपता नहुँदा कतै थाेरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भाेग्नुपर्ने याेग रहेकाे छ ।

प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताहरुका लागि याे वर्ष कष्टकर  रहने संवत्सरकाे फलमा उल्लेख गरिएको छ । यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह रहनेछन् । ज्याेतिष शास्त्रमा बुध ग्रहलाई अपरिपक्व राजकुमार ग्रहका रुपमा व्याख्या गरिएको छ ।अत:उच्चस्तरीय नेतृत्वबाट अपरिपक्व निर्णय हुनाले बारम्बार नागरिकले समस्या झेल्नुपर्ने देखिएको छ। खेलकुद तथा कलाकारिता क्षेत्रमा भने वर्षभरि नै सम्मानित हुने याेग रहेकाे छ ।

शान्तिसुरक्षाको स्थितिमा सुधार आउनेछ, आम जनताले शान्तिको सास फेर्न पाउने छन् । यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानी–नोक्सानी हुनेछ, दलहन र तेलहन सामग्रीको दाम बढ्नेछ, बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण तुलफूल र बालीनालीमा समेत नोक्सानी हुने सम्भावना छ । आर्थिक रुपमा वर्षभरि नै समस्या देखापरिरहने याेग रहेकाे छ । वैदेशिक सहयाेगमा कमि रहने याेग रहेकाले विकासका आयाेजना विस्तारै अगाडि बढ्ने छन् ।(लेखक सुरेशचन्द्र रिजाल ज्याेतिषी तथा वास्तुविद् हुन् ।)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट