काठमाडौं । सत्तारूढ दलहरुको बैठक आज बस्ने भएको छ । बैठक आज बेलुकी ४ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको सहभागीता रहनेछ । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने बिषयमा छलफल हुनेछ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिनका लागि अन्तिम कसरतमा लागिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले सोह दिन चार दिनभित्रै सरकारलाई पूर्णता दिने दाबी गरेका थिए ।प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।