काठमाडौं – पूर्वमिस नेपाल निकिता चण्डक एक विदेशी फिल्ममार्फत अभिनयमा फर्कदैछिन् ।२०७७ सालमा विराज भट्टको फिल्म ‘साङ्लो’मार्फत अभिनयमा डेब्यु गरेकी उनले भारतीय र फ्रान्सेली निर्माताको सहलगानीको फिल्म ‘द सेमलेस’मा अभिनय गर्न लागेकी हुन् ।
यस फिल्ममा निकिताको शीर्ष भुमिका रहेको छ ।फिल्मको एक महिनादेखि काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । मंगलबार यो फिल्मको छायांकन कोटेश्वरको जडिबुटी क्षेत्रमा भएको थियो ।
फिल्ममा नेपालबाट निकितासहित ‘कबड्डी’ र ‘छक्कापञ्जा’ फेम्ड लुनिभा तुलाधर, प्रकाश घिमिरेको पनि अभिनय रहेको छ । यस फिल्मलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोन्जोभले निर्देशन गरिरहेका छन् । फिल्ममा नेपालसहित भारत, फ्रान्स, स्वीटजरल्याण्ड, बुल्गेरिया, ताइवान र मेक्सिकोका कलाकार समावेश छन् ।