प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँस्ने ६ जना पक्राउ-Sutra News

प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँस्ने ६ जना पक्राउ

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौं – प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा ६ जना पक्राउ परेका छन् । राष्ट्रिय राजधानीमा प्रधानमन्त्री मोदीविरुद्ध अपमानजनक टिप्पणीसहित आपत्तिजनक पोस्टर टाँसेको भन्दै छ जनालाई पक्राउ गरिएको हो ।



प्रधानमन्त्री मोदीका कट्टर आलोचकहरूले आपत्तिजनक पोष्टर टाँसेकाले उनीहरूलाई कानुनको दायरमा ल्याउन एक सयभन्दा बढीले स्थानीय प्रहरीमा उजुरी दर्ता गराएको भारतिय मिडियामा जनाइएको छ ।

दिल्लीका केही भागमा ‘मोदी हटाओ, देश बचाओ’ लेखिएका पोस्टर टाँसिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पोस्टरमा छापाखाना वा प्रकाशकको नाम उल्लेख गरिएको छैन । दिल्ली प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट