मन्त्रालयको भाग लगाउन बसेको गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो-Sutra News

मन्त्रालयको भाग लगाउन बसेको गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियो

बुधबार, ८ चैत्र २०७९

बुधबार, ८ चैत्र २०७९

काठमाडौँ । मन्त्रालय भाग लगाउन बसेको सत्ता गठबन्धनका दलहरुबीच बैठक विना निष्कर्ष टुंगिएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको हो ।

नेपाली कांग्रेसले १० मन्त्रालयको दाबी गरेको छ भने एकीकृत समाजवादी र जसपाले ३ मन्त्रालय पाउनु पर्ने अडान राखेका छन् ।

एमालेसँगको सहमति तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काँग्रेससँग मिल्न पुगेका थिए त्यस्तै एमाले सरकारबाट बाहिरिएको थियो ।

प्रचण्डले विश्वासको मत पाएसंगै मन्त्रीहरु थप्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट