हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर-Sutra News

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

काठमाडौं, ९ चैत ।  नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।बिहिबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ भने  युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।



यता, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९२ पैसा तोकिएको छ।

त्यसैगरी, आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४० पैसा र बिक्रीमा ८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ भने  क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५ रुपैयाँ २९ पैसा तोकेको छ।

यसैगरि, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसामा कारोबार भइरहेको छ।

मलेसियन रिंगिट एकको खरिदमा बिहिबार २९ रुपैयाँ ६२ पैसा र बिक्रीमा २९ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।

आज कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ५५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ५१ पैसा तोकिएको छ। त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४८ पैसामा किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट