काठमाडौं – भारतका चर्चित गायक सोनु निगमको घरमा चोरी भएको छ । उनको घरवाट ७२ लाख चोरी भएको छ भारतिय मिडियामा जनाइएको छ। घरमा चोरी भएपछि उनका पुर्व ड्राइभर अगम कुमारलाई पक्राउ गरिएको छ ।
गायककी बहिनि निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि यो खबर बाहिरिएको हो । पक्राउ परेका अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए । उनलाई काम नराम्रो गरेको भन्दै केही समय अगाडि निकालिएको थियो ।
उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्विकार गरेको बिविसी हिन्दीले जनाएको छ निगमको डिजिटल लकरवाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।