काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री करिश्मा मानन्धर सोलार हिटरसम्बन्धी विज्ञापनका कारण विवादमा तानिएपछि आफ्नो त्रुटि स्वीकार गरेकी छिन् ।सोलार हिटरसम्बन्धी एक मिनेट १७ सेकेण्ड लामो उक्त विज्ञापन करिश्माले आफ्नो फेसबुकमा सेयर गरेपछि उनी विवादमा आएकी थिइन् ।
बिहिबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मानन्धरले कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै नरहेको बताएकी छिन् । त्रुटि मानिसबाटै हुने भन्दै उनले प्रतिक्रियालाई सकारात्मक रुपमा लिएको बताएकी छिन् । करिश्माले आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिएकोमा धन्यवाद पनि दिएकी छिन् ।
उनले लेखेकी छिन् – हालसालै मैले गरेको Boss Solar heater को विज्ञापनका लागि आहिरहेका कमेन्ट र बनिरहेका अन्लाईन न्युजहरुमा मेरो ध्यानाकर्षण भयेको छ । Boss home appliance संग जोडिएको दुई वर्ष भयो , येसको विभिन्न सामाग्रीको म प्रशंसक हु र आफ्नो नयाँ निर्माण हुदैगरेको भवन र रेस्टुरेन्टमा Boss कै सामाग्री जडान गर्दै छु। कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय कहिल्यै रहेन ।
त्रुटि मानिस बाटै हुने हो !
येसको प्रचारको काममा मेरो उपस्तिथि रहने भएपनी ,प्रचार निर्माण सामाग्रीमा मेरो हात हुदैन !सुझाव सम्म दिन सकिन्छ , जुन निर्माण पक्षले लिनपनी सक्नुहुन्छ नलिनपनी सक्नुहुन्छ ।मेरो काम भनेको भनेअनुसार गर्ने हो । तर याहाँहरुको यी प्रतिक्रियाबाट प्रेरित हुँदै येसबारे बनेका अन्यसबै विज्ञापनहरु Boss का आधिकारिक ज्यु हरु र मेरो समेत सक्रियता रहने जानकारी गराउछु ।सो विज्ञापनको पनि सुधार अवस्य हुनेछ 😊याहाँहरुको प्रतिक्रियालाई असाध्यै सकारात्मक रुपमा लिएको छु ।करिश्माको हरेक क्रियाकलापलाई चासोका साथ हेरेर साथ र सुधार्ने मौका दिनुभएकोमा आभारी छु 🙏कहिलेकाही हास्नु पनि पर्छ 😊😊