मोदीको मानहानी गरेको आरोपमा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय-Sutra News

मोदीको मानहानी गरेको आरोपमा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

दिल्ली, ९ चैत । भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।



गुजरातको सुरतस्थित अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ ।

सन् २०१९ मो प्रधानमन्त्री मोदीविरुद्ध दिएको उनको अभिव्यक्तिलाई लिएर अदालतको सो आदेश आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट