काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी अबका पाँच वर्ष संसद्मा बलियो प्रतिपक्ष भएर बस्ने बताएका छन् । बिहिबार प्रेस चौतारी नेपाल दाङ शाखाले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए । राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै उनले एमाले अबका पाँच वर्ष संसद्मा प्रतिपक्ष भएर बसेर जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताए ।
सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्ने उनको भनाई छ ।अस्थिरताले कोही कसैको भलो नगर्ने भन्दै उनले गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा बताए ।