‘लोकतान्त्रिक गणतन्त्र स्थापना र सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियोको अहम् भूमिका’-Sutra News

‘लोकतान्त्रिक गणतन्त्र स्थापना र सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियोको अहम् भूमिका’

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गरेको बताउका छन् । बिहिबार सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सामुदायिक रेडियोहरूले जनताको सूचनाको हक प्रवाहका लागि महत्वपूर्ण भूमिका खुलेको बताउ ।



उनले भने सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र सूचनामा नागरिकको पहुँच बढाउनुका साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले अहम् भूमिका निर्वाह गर्दै आएका छन् ।

महाभूकम्प,कोभिड–१९ लगायत राष्ट्रिय विपद् र चुनौतीको कठिन समयमा चुनौतीविरूद्ध संघर्ष गर्न,नागरिक सचेतना एवं अभिमुखीकरणका निम्ति रेडियोहरूले चलाएका कार्यक्रमहरूप्रभावकारी गरेको उनको बताए ।

नेपालको संविधानले रेडियो सञ्चालन एवं नियमनको जिम्मेवारी तहगत रूपमा संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजित गरेको भन्दै उनले यससम्बन्धी आवश्यक कानुनहरूको निर्माण तथा अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारूप तयार गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट