काठमाडौं – चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचारको लागि आर्थिक सहयोग गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गतको कल्याणकारी कोषले स्वर्गीय राणाको परिवारलाई एक लाख सहयोग गरेको हो ।
उक्त रकम बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले हस्तान्तरण गरेका हुन् । गएको फागुन १५ गते स्वर्गीय राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट स्नेही काखले उद्धार गरेको थियो ।