संसदीय समितिले भन्यो, पुरानो संसद् भवनलाई नभत्काई ‘रेट्रोफिट’ गरेर मर्मत गर !-Sutra News

संसदीय समितिले भन्यो, पुरानो संसद् भवनलाई नभत्काई ‘रेट्रोफिट’ गरेर मर्मत गर !

बिहिबार, ९ चैत्र २०७९

बिहिबार, ९ चैत्र २०७९
फाइल तस्बिर

काठमाडौँ। संसदीय समितिले सिंहदरबारमा रहेकाे पुरानो संसद् भवनलाई नभत्काई ‘रेट्रोफिट’ गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ ।



बिहीवार राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारमा रहेको पुरानो संसद् भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो ।

यो भवन वि.सं. २०१६ सालमा निर्माण भएको थियो।

समितिले याे भवनकाे पुनर्निर्माण नगरि पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि सहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट