काठमाडौँ । मुलुकमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
जसपाका सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बने पछि रिक्त बारा–२ मा पनि बैशाख १० गते उपनिर्वाचन हुन लागेको छ।
यी दुवै नेता गत मंसिर ४ गतेको संघिय निर्वाचनमा पराजित भएका थिए। लोसपाका नेता महतो सर्लाहीबाट र जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरीबाट पराजित भएका हुन।
बारामा एक लाख ६ हजार मतदाता संख्या रहेको छ । नेता उपेन्द्र यादवप्रति त्यहाँका जनताहरु सकारात्मक नभएका कारण उनलाई चुनाव जित्न कठिन हुने विश्लेषण कतिपय नेताहरुले गरिरहेका छन् ।