

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण वैशाख दोस्रो साताभित्र जाने बताएकी छन् ।
बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि उनले यस्तो बताएकी हुन् ।
उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताएकी छन् ।
नेपालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने गर्छन् ।
देश विदेशको भ्रमण गर्ने मन्त्रीहरुलाई सरकारले नै भीआइपी सुविधाको व्यवस्था गरेको हुन्छ ।