काठमाडौं, १० चैत । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा आज शुक्रबार बस्दै छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
कम्पनीले आफ्नो कायम चुक्तापुँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश गरी कुल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ ।
संस्थाले आफ्नो अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँलाई वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउने भएको छ । संस्थाल चुक्तापुँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउनेसम्बन्धी विशेष प्रस्तावसमेत पारित गर्नेछ । संस्थाको साधारण सभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामना प्रा.लि.मा बिहान ११ बजेबाट सुरु हुनेछ ।