एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने-Sutra News

एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं – नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने भएको छ । नेकपा एमाले बागमती प्रदेश सरकारका प्रवक्ता जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरिएको बताए ।



नेकपा एकीकृत माओवादी केन्द्र का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए । अब एमाले बाहिरिएपछि नेपाली नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ ।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि शालिकाराम जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने बताइएको थियो । तर कांग्रेस सहभागी नभएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट