काठमाडौं – हास्यकलाकार तथा सामाजिक अभियान्ता कुन्जना घिमिरे ‘सुन्तली’ले आफू मानसिक यातनाले बिछिप्त भएको बताएकी छन्। बिहिबार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएकी हुन् । उनले अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गर्नुपर्ने भन्दै आफूलाई अहिले गाली आउन थालेको बताएकी छिन् । आफूमाथि बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको भन्दै उनले राज्य र राष्ट्र संग आफ्नो धेरै मन दुखेको बताएकी छिन् । अब सुन्ने र सहने शक्ति आफूमा नरहेको र सफाईहोस् या सजाय जे गरे पनि चाडो हुनुहुनुपर्ने उनले बताएकी छिन् ।
उनले लेखेकी छिन् – ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा।मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ।म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय! तर जे गर्छौ छिटो गर🙏🥹 — feeling depressed.’
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई लिएर लामोसमयदेखि कलाकार घिमिरे र सिताराम कट्टेल धुर्मुस विवादमा तानिएका छन् । अहिले उक्त रंगशाला लथालिङ्ग अवस्थामा रहेको छ । बीचमै काम छोडेको र हिसाबकिताब पनि सार्वजनिक नगरेको भन्दै अहिले धेरै दर्शकले यी दुई कलाकारमाथि विभिन्न आलोचना गरिरहेका छन् ।