काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता सलोन बस्नेतका साला तथा पत्नी करिश्मा केसीका भाइ किरण केसीको निधन भएको छ । केसीको सवारी दुर्घटनामा परी दुखद निधन भएको हो । २१ वर्षका किरणको अल्पायुमै दुःखद निधन भएपछि करिश्मासहित उनको माइती परिवार गहिरो शोकमा डुबेको छ ।
किरणको सवारी दुर्घटनामा परेर निधन भएको सलोनका काका जयकिसन बस्नेतले बताए। उनी २१ वर्षका थिए । भाइको निधन भएपछि करिश्माले सामाजिक सञ्जाल टिकटकमा भावुक पोस्ट गरेकी छन् ।
केही समय पहिले करिश्माले एक अन्र्तवार्तामा आफुलाई भाइले धेरै माया गर्ने समेत बताएकी थिइन् ।