काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजाहरू भ्रष्टाचारबाट उन्मुक्त नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न नेकपा एसनिकट भूपू सैनिककको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजा गतिलो नभएको बताएका हुन्।
उनले राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहेको भन्दै नेपालमा राजा कुनै गतिला नभएको बताए । उनले प्रश्न गर्दै भने अहिले राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। नेपालमा राजा कुनै गतिला छरु
पूर्वयुवराज पारस शाहलाई लक्षित गर्दै उनले दाह्री पालेर पारस जोगीजस्तो देखिए पनि झुक्किन नहुने बताए । उनले दारी पालेर जोगी नभई त्यो भोगी हुने पनि बताए ।