पटकपटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर – महामन्त्री थापा-Sutra News

पटकपटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर – महामन्त्री थापा

शुक्रबार, १० चैत्र २०७९

शुक्रबार, १० चैत्र २०७९

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परीक्षामा पहिलो हुने तनाव बालबालिकालाई दिनु नहुने बताएका छन् । शुक्रबार काठमाडौँ महानगरपालिका वडा नं ३० स्थित ज्ञानेश्वरमा रहेको साई शिक्षा निकेतन हाई स्कूलको अभिभावक दिवसमा बोल्दै थापाले यस्तो बताएका हुन् ।



उनले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्ने बताए । कतिपय युरोपियन देशमा साना बालबालिकाको परीक्षा नै नलिने शिक्षा प्रणाली रहेको भन्दै उनले शिक्षक र अभिभावक मिलेर त्यस्तै शैक्षिक वातावरण बनाउनुपर्ने बताए ।

उनले भने “पटकपटक प्रधानमन्त्री भएकालाई अर्कोपटक प्रधानमन्त्री बनिन्छ कि बनिन्न भन्ने डर, चुनाव जितेकालाई अर्कोपटक चुनाव जितिन्छ कि जितिन्नँ भन्ने जस्तो डर बालबालिकालाई परीक्षाका बेला गराइनुहुन्नँ, हाँस्दै, खेल्दै, रमाउँदै सिक्ने शैक्षिक वातावरण निर्माण गर्न सबै लाग्नुपर्छ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट