काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ?’