मधेशका ६ जिल्लामा जनमतले तोक्यो इन्चार्ज, कहाँबाट को-को ?-Sutra News

मधेशका ६ जिल्लामा जनमतले तोक्यो इन्चार्ज, कहाँबाट को-को ?

शनिबार, ११ चैत्र २०७९

शनिबार, ११ चैत्र २०७९
फाइल तस्बिर

जनकपुरधाम – जनमत पार्टीले मधेशका ६ जिल्लाको इन्चार्ज तोकेको छ । शुक्रबार अध्यक्ष सीके राउतले पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाको इन्चार्ज तोकेका हुन् ।



ती जिल्लामा पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज को जिम्मेवारी तोकिएको राउतले बताए ।पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।

त्यस्तै रौतहटमा बृजकिशोर यादव, सर्लाहीमा श्रीचन राय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्जकाे जिम्मेवारी दिइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट