भुटानी शरणार्थी शिविर भित्रै भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै-Sutra News

भुटानी शरणार्थी शिविर भित्रै भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

आइतबार, १२ चैत्र २०७९

आइतबार, १२ चैत्र २०७९

काठमाडौँ – झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ । नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरूको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन् ।



अध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ्ग , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन् । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ३ लाख , द्धितिय हुनेले २ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख पाउनेछन् ।

त्यस्तै विजेताहरू तिनै जनालाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ । कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन (बामा) र डिस्काको पनि सहयोग रहेको छ । १५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन् । कार्यक्रमको स्थानिय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ । प्रतियोगिताको फाइनल जुलाईमा हुने
बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट