काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा भव्य स्वायत गरिएको छ । उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला गएका उनलाई आज सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
उनलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव लगायतले स्वागत गरेका हुन् ।