क्रिकेटर सन्दीप काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिनु नपर्ने फैसला गरेको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश दिएको हो । यद्दापी अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो हुने बताइएको छ ।
‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’ आदेशमा भनिएको छ ।
उच्च अदालतको आदेशमा विदेशमा जान प्रतिबन्ध लगाइएकोमा सर्वोच्च अदालतले सर्तसहित फुकुवा गरेको थियो ।