नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता तथा नेताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’
एमालेले सबै जिल्लाहरुमा प्रभाव गर्न अहिले मिसन ग्रासरुट संचालन गरिरहेको छ ।
त्यस्तै उनले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताबताएका छन् ।