काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू मन्त्री बन्ने चाहनामा नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापति खड्काले आफू मन्त्री बन्दिनँ भन्ने ७ वर्ष पुरानो वचनमा अडिग रहेको बताए ।
‘देश दौडाहा गरेर सकेपछि ७ वर्षअघि मैले वचन दिएको थिएँ, अहिले पनि त्यही अडानमा छु,’ उनले भने, ‘म धेरै मन्त्रालयको मन्त्री भइसकेँ, अब मन्त्रीभन्दा माथि भए अर्को कुरा हो, त्यो भगवान र जनताको जिम्मामा छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा झन्डै १६ मन्त्रालय खाली रहेको छ ।
अबको केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने जनाइएको छ ।