एमाले अहिले सरकार ढलाउने र बनाउने पक्षमा छैन – विष्णु पौडल-Sutra News

एमाले अहिले सरकार ढलाउने र बनाउने पक्षमा छैन – विष्णु पौडल

सोमबार, १३ चैत्र २०७९

सोमबार, १३ चैत्र २०७९

काठमाडौं – नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडलले आफ्नो पार्टीले चाहेमा हप्ताभर मै सरकार ढल्ने बताएका छन् । सोमबार अछामको साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।



एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढालिदिने भन्दै उनले अहिले सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताए । उनले अब आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने तयारीमा आफ्नो पार्टी रहेको पनि बताए ।

उनले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको पनि बताए । प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट